२०८३, ५ कार्तिक बिहीबार

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता


काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता भएको छ । राष्ट्रिय गौरव र आध्यात्मिक महत्वको अवशेष फिर्तासँगै भारत सरकारले त्यसको स्वागत गरेको छ ।

भारत सरकारका संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले यसलाई ‘ऐतिहासिक र गहिरो भावनात्मक क्षण’ भनेका छन् । ‘सांस्कृतिक रूपमा, आज हाम्रो लागि धेरै महत्त्वपूर्ण दिन हो । यो पुरातात्विक सम्पदाले भारतको लागि ऐतिहासिक र आध्यात्मिक महत्व राख्छ । १२७ वर्ष पहिले इङ्गल्याण्ड लगिएको पवित्र पिपरहवाअवशेष भारत फिर्ता हुने कुरामा कसैले कल्पना समेतपनि गरेको थिएन् । तर आज त्यो सौभाग्यको सूर्योदय भएको छ,’ उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भगवान बुद्धको पवित्र पिपरहवा अवशेषहरू भारत फिर्ता भएकोमा प्रशंसा गर्दै बुद्धका शिक्षाहरूप्रति भारतको गहिरो श्रद्धा र यसको आध्यात्मिक र ऐतिहासिक विरासतको संरक्षण गर्ने प्रतिबद्धतालाई जोड दिए ।

भगवान बुद्धका अवशेषहरू मानिने पिप्राह्वा अवशेषहरू १९ औं शताब्दीको अन्त्यतिर उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको पिप्राह्वामा, नेपाल सीमा नजिक र बुद्धको बाल्यकालको घर, प्राचीन कपिलवस्तु नजिकै फेला परेका थिए । यी अवशेषहरू औपनिवेशिक कालमा भारतबाट लगिएका थिए ।(एएनआइ)

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ५ : ४० बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा