२०८२, १६ पुस बुधबार

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठक सुरु

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठक सुरु


काठमाडौं । सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान विशेष बैठक सुरु भएको छ ।

बैठकमा सरकारको कार्यक्षमता सुधार, मन्त्रीपरिषद् पुनर्गठन, र राजनीतिक सहकार्यको विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका केही मन्त्रीहरूसहित कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मन्त्रीहरूको समेत हेरफेर गर्ने तयारी गरिरहेका बेला यो बैठक बसेको हो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहित दुबै दलका वरिष्ठ नेताहरू सहभागी छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले देउवालाई सरकारको कार्यसम्पादन सुदृढ बनाउन कांग्रेसको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राख्दै केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयहरू पुनर्विचार गर्न प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एक उच्च सरकारी स्रोतका अनुसार, बैठकमा मन्त्रालयहरूको बाँडफाँट, कमजोर देखिएका मन्त्रीहरूको हटावट, र आगामी नीतिगत एजेन्डाहरूमा सहमति खोज्ने प्रयास भइरहेको छ । यद्यपि, बैठकको आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन। नेताहरूबीच सहमति बनेमा चाँडै मन्त्रीपरिषद् पुनर्गठनको प्रक्रिया सुरु हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  १ : २६ बजे

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले