२०८२, १८ चैत्र बिहीबार

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्ने होइन, नियन्त्रण गर्ने सरकार भएको दाबी गरेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिमाथि कारबाही गरिएको आधारमा सरकारलाई नै दोषी देखाउने प्रवृत्तिप्रति आपत्ति जनाए ।

“सरकारले एक-दुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन्,” ओलीले भने, “भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त? गर्न दिइन्न, गर्‍यो भने कारबाही हुन्छ। त्यही त गर्ने हो नि !” बैठकको शून्य समयमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले ‘भ्रष्टाचार र सरकार पर्यायवाचीजस्तै बनेको’ आरोप लगाएका थिए। उनको आरोपको जवाफमा प्रधानमन्त्री ओलीले संसदमा गम्भीर विषयहरू गम्भीरताका साथ उठाउनुपर्ने बताएका हुन् ।

“सरकार भ्रष्टाचारको पर्याय हो भन्ने कसरी भन्न सकिन्छ? सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो,” उनले भने, “हामीले सबै राजनीतिक दल मिलेर विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्छ ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको र कारबाही प्रक्रियामा कुनै पक्षपात नगर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २०८२, १४ श्रावण बुधबार  ३ : ५२ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि