२०८२, १४ कार्तिक बिहीबार

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा


न्यूयोर्क  । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई)अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआइ १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रबार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो।

बिराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआइ), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको संगममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन्। विश्वका प्रमुख वित्तीय प्रविधि ९फिनटेक० कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने  क्रस रिभर बैंकमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन्।

रिजालले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए । त्यसपछि उनले क्रस रिभरको  क्वान्टिटेटिभ  स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन्। उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिंगमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित  इ डी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ  फाइनान्समा विद्यावारिधि गर्दैछन्।

एआइ १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ।

कार्यक्रम आयोजकहरूले रिजाललाई  ुवित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिनसक्ने  एक साहसी र बहु(विषयगत नेताु को रुपमा चित्रण गर्दै  उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए ।

अमेरिकाभरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था, एआइएम रिसर्च, ले गरेको थियो।

प्रकाशित मिति : २०८२, ११ श्रावण आईतबार  १२ : २२ बजे

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ।