काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् ।
शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौं । अब अरुको आधारमा एकता हुने अवस्था छैन । म आफैँ त्यसको जिउँदो प्रमाण हुँ ।’
देशमा दलाल पुँजीपतिको वर्चस्व बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले केही मुठ्ठीभर पूँजीपतिहरू र विचौलियाहरुले राज्य र अर्थतन्त्रलाई ध्वस्त पारिरहेको आरोप लगाए ।
‘नेपालमा अहिले दलाल पूँजीपतिहरू र विचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेडछाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’
उनले अहिलेको संकटको समाधानका लागि भ्रष्टाचार, दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिविरुद्ध सम्पूर्ण शक्तिहरू एक हुने संकल्प गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘आज भोलि दैनिय स्थिती छ । हामी विधायकातिर हेर्छौं । लाजमर्दो छ । अस्ति भर्खरै संघीय निजामती विधेयक माथि छेडखानी सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेड्खानी कसले गर्यो ? अहिले भ्रष्टाचार, दलाल पूँजीवादका विरुद्ध सम्पूर्ण एक हुने संकल्प गरौं र कम्युनिष्ट एकता पनि त्यहिबाट सुरु हुन सक्छ ।’
प्रतिक्रिया