२०८२, २० मंसिर शनिबार

वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ : अध्यक्ष शर्मा

वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ : अध्यक्ष शर्मा


काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् ।

उनले भनिन्, ‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन् । तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु । आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् । हामीले सत्य र तथ्यको एक प्रतिशत पनि नभएको विषयवस्तु र पत्रकारिता पनि हेर्न परेको छ ।’

यस्तै, उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपि पेस्टबाट चलि रहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताईन् । उनले भनिन्, ‘कानून हाम्रो पूरानो नै छ । त्यसैगरि हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ । अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपि पेस्टबाट चलि रहेको छ । एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो । कपि पेस्टले कति असर पारेको होला त । त्यसकारण काउन्सिलले पत्रकारलाई सत्य तथ्यमा समाचार लेख्ने कुरामा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : १२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको