२०८३, २८ असार सोमबार

आज शुक्रबार पाथिभरा माताको दर्शन गर्नुहोस्

आज शुक्रबार पाथिभरा माताको दर्शन गर्नुहोस्


काठमाडौं । पाथीभरा, अर्थात् धार्मिक आस्थाको धरोहर । आदिमकालमा माता पार्वती हिमालयमा तपस्या गरी वरदान पाएर फर्कंदा दाहिने पाउ परेको स्थान अहिलेको यस पाथीभरा मन्दिर हो भन्ने किंवदन्ती पाइन्छ । उक्त समयमा माता पार्वतीको देब्रे पाउ ताप्लेजुङ ९हालको पाथीभरा०मा परेको भन्ने कथन छ। तसर्थ, यस पाथीभरालाई बहिनी पाथीभरा ९सानो पाथीभरा० पनि भन्ने गरिन्छ । विशेषगरी यस पवित्र स्थान वि।सं। २०३५ सालतिर डिल्लीराम पाठक ९हाल बुधबारे झापाका एक तान्त्रिक व्यक्ति०लाई सपनामा देवीले त्यहाँ गएर मेरो शिलालाई पूजाआजा गर्नू भनी अह्राएकोले यस पाथीभराको विधिवत रूपमा स्थापना भएको मानिन्छ । पाथीभराको अर्थ पवित्र तीर्थस्थल हो, जहाँ भक्तजनहरूले पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

यस पाथीभरा उत्पत्तिको विषयमा साधुसन्तहरूको फरक तर्क रहेको पाइन्छ । उनीहरू वि।सं। १८२४ सालतिर एक साधुले आई चिम्टा गाडेर ध्यान गरेको स्थान हालको पाथीभरा हो भन्ने गर्दछन् । यसरी हेर्दा साधुसन्तहरू कुटी आश्रम बनाएर बस्ने गर्दथे । सोही कुटी शब्दकै आधारमा नजिकैको बस्ती ‘कुटीडाँडा’ भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसकारण पाथीभरा देवीको उत्पत्ति यसरी नै भयोे भनी यकिन गर्न सकिन्न । अरू पनि थुप्रै कथनहरू भेटिएका छन् जे भएता पनि यस पाथीभरा देवी शक्तिशाली देवी हुनुहुन्छ । भक्तजनहरूले पूजाआजा गरी इच्छा माग राख्दा पूरा हुने भएकोले यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। झापाको चारआलीबाट ३३ किलोमिटर उत्तर र इलाम सदरमुकामबाट ४८ किलोमिटर पूर्व, समुद्री सतहबाट १९५० मिटरको उचाइमा पर्ने रोङ गाउँपालिकामा पाथीभरा देवीको मन्दिर अवस्थित छ । यस मन्दिर क्षेत्रबाट झापाको फाँटदेखि भारतका विभिन्न ठाउँ हुँदै बङ्गलादेशसम्म र विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा हिमाल आँखाले नै सहजै देख्न सकिन्छ ।

हरियाली जङ्गलले ढाकिएको पहाडको शीरमा अवस्थित यस पाथीभरा मन्दिर प्राकृतिको अनुपम उपहारको रूपमा रहेको छ । घरी कञ्चनजङ्घाको चिसो हावा, घरी कुहिरोको निस्लोट अँध्यारोपन यस क्षेत्रको विशेष पहिचान बनेको छ । यस क्षेत्रलाई विभिन्न किसिमका सुनाखरी तथा जीवजन्तुहरूले थप सुन्दर बनाएका छन् । हरियाली जङ्गल, जीवजन्तु, सुनाखरी, फुलहरूका साथै चिसो हावापानीले गर्दा यहाँ पुग्ने जोकोहीले स्वर्गीय आनन्दको अनुभव लिन सकिन्छ । पाथीभरा माताको दर्शन गर्न जाँदा १०४१ सिँडीको बाटो ठाडो उक्लिनुपर्ने हुन्छ । त्यति धेरै सिँडी उक्लिनु कठिन भए पनि शारीरिक व्यायाम हुने भएकोले भक्तजनहरूलाई स्वास्थ्यको हिसाबले फाइदाजनक हुने देखिन्छ ।

सन्तान नभएकाहरूले यस देवीको दर्शन गरेमा सन्तान प्राप्ति हुने, नयाँ व्यापार सुरू गर्नेहरूले व्यापार व्यवसाय सफल हुने, साथै देउता तथा भूतप्रेत चढेका व्यक्तिहरू यहाँ आएपछि शान्ति भई ठीक हुने जनविश्वास रहेको छ ।पाथीभरा देवीको पूजा विधि :

गणेश मन्दिरको पूजा ।

दुर्गा माता, काली माताको पूजा ।

प्रमुख पाथिभरा माताको पूजा ।

शिवको पूजा ।

धूप, बत्ती, दीप, नैवेद्य आदि ।

पुजारीद्वारा टीका तथा आशीर्वाद ग्रहण ।

प्रकाशित मिति : २०८२, ९ श्रावण शुक्रबार  ४ : ३० बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण