२०८३, ३० असार बुधबार

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको निर्यात क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै भन्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ।” उहाँका अनुसार, आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो आर्थिक वर्षमा नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। यो तथ्याङ्कका आधारमा चालु वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले वृद्धि भएको छ।

प्रधानमन्त्री ओलीले निर्यात वृद्धिको श्रेय घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिने सरकारी नीतिलाई दिनुभएको छ। “सरकारको नीति र कार्यक्रम सही दिशातर्फ उन्मुख रहेको संकेत निर्यात वृद्धिले स्पष्ट पारेको छ,” उहाँको भनाइ छ।

सरकारले उत्पादनशील क्षेत्रको प्रवर्द्धन, उद्योगमैत्री नीति, निर्यातजन्य वस्तुको उत्पादनमा प्रोत्साहन तथा अन्तर्राष्ट्रिय बजारसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ। विश्लेषकहरूका अनुसार निर्यात वृद्धिले मुलुकको ब्यापार घाटा घटाउने, रोजगारी सिर्जना गर्ने र विदेशी मुद्राको सञ्चिति बढाउने सकारात्मक संकेत दिएको छ।

निर्यात वृद्धिको यो दर कायम रहन सकेमा निकट भविष्यमा नेपालको आर्थिक समृद्धितर्फको यात्रामा उल्लेखनीय गति थपिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, ८ श्रावण बिहीबार  ५ : १४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै