२०८२, १४ कार्तिक बिहीबार

पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेका लागि महत्वपूर्ण छ : भट्टराई

पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेका लागि महत्वपूर्ण छ : भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं केपी शर्मा ओलीको भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरुले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो केन्द्रिय सचिवालयको बैठक र पोलिटब्युरो सदस्यहरुको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राखे । अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो । यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्य नवीकरण प्राविधिक कुरा भएकोले यसमा बहस गरिरहन नपर्ने समेत बताए ।
उनले भने, ‘सदस्यता नवीकरण प्राविधिक कुरा हो । प्राविधिक कुरा टुङगिनु भन्दा पहिले राजनीतिक कुरा टुङगिनु पर्छ । राजनीतिक कुरा टुङगियो भने प्राविधिक कुरा त्यो अनुसार मिलाउने हो । यो सदस्य नवीकरण भएको छ कि छैन, अभिलेखमा छ कि छैन भन्ने कुरामा गरिरहनु आवश्यक छैन । राजनीतिक कुरा टुङगियो मान्नुस् कि पूर्व पूर्वराष्ट्रपतीज्यु पार्टीको सक्रिय राजनीतिकमा फर्किने उहाँलाई सम्मानजनक स्थानमा भूमिका दिने हो भने आज नवीकरण भएको छैन भने पनि भोली नवीकरण गर्न सकिन्छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निस्क्रिय हुने बताए ।
‘यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन । गीत–संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ ।’ उनले भने ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आईतबार  ८ : ४० बजे

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ।