२०८२, ७ माघ बुधबार

एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल

एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल


काठमाडौं ।   एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन् । एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो ।

‘विधान महाधिवेशन सम्वन्धि छलफल भैइरहेको हो के कसरी जाने भनेर । छलफल हुँदैछ । पार्टीमा सबैको ठूलो नेतृत्व छ । भण्डारी जीको बारेमा पनि छलफल हुन्छ । अध्यक्ष जी ले पनि छलफल गरैँंला भन्नु भएको छ । उहाँको व्यक्तिगत निजी विषय पनि भएन । उहाँले सबै त्यागेर आईसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ । उहाँ आउनुहुन्छ भनि उहाँलाई उचित स्थान दिनुपर्ला । त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना हो । यो सार्वजनिक विषय हो यस्लाई हल गर्नैपर्छ’,  उनले भने ।

१४ असारमा मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ८ : ०३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित