२०८३, २८ श्रावण शुक्रबार

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?


काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय सवारी निर्माता तोङफङ ९नेपालमा कतिपयले ‘डोङफेङ’ पनि भन्ने गरेका छन्० मोटर्सको नयाँ मोडेल ‘नामी ०६’अब नेपाल भित्रिन तयारीमा छ ।

नामी ०१ को सफलतापछि नेपाली उपभोक्ताबीच यस नयाँ मोडेलप्रति चासो झनै बढेको छ । एमएडब्ल्यू बृद्धिले सर्वाधिक विक्री गरेको गाडीमाध्ये एक नामी हो । यसको अपग्रेटेड भर्सनमा नयाँ एसयूभी ल्याउन लागेको हो ।

एमएडब्ल्यू बृद्धिका प्रबन्ध निर्देशक विवेक सिखारियाले आगामी भदौ ५ देखि आयोजना हुने नाडा अटो शोमा यो गाडी उच्च प्राथमिकताका साथ प्रस्तुत गर्न लागेको अर्थपथलाई बताएका छन् ।

सस्तो मूल्य, आधुनिक डिजाइन, भरपर्दो प्रविधि र सन्तोषजनक ग्राहक सेवाका कारण नामी ०१ छोटो समयमा नेपालमा लोकप्रिय बन्न सफल भएको थियो । झण्डै ४५० भन्दा बढी युनिट बिक्री भइसकेको पृष्ठभूमिमा अब नामी ०६ पनि नेपाली बजारमा धमाकेदार प्रवेश गर्ने संकेत देखिएको छ ।

तोङफङले नामी ०६ लाई सन् २०२५ को अप्रिल ८ मा चीनमा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । त्यसपछि सोही महिनामा शाङ्हाई अटो शोमार्फत यो मोडेललाई सार्वजनिक प्रदर्शनीमा प्रस्तुत गरिएको थियो ।

नामी ०६ भनेको तोङफङको नामी ब्रान्ड अन्तर्गतकै दोस्रो प्रमुख मोडेल हो । जसले कम्पनीको विद्युतीय सवारीको लाइन–अपलाई अझ फराकिलो बनाउँदै लगेको छ ।

तोङफङले यसलाई केवल नयाँ गाडीको रूपमा मात्र नभई एक नवीन डिजाइन, प्रयोगशीलता र प्रविधि एकैसाथ समेटिएको क्रसओभर एसयूभीको रूपमा प्रस्तुत गरेको छ ।

अत्याधुनिक डिजाइन
डिजाइनका हिसाबले नामी ०६ नामी ०१ भन्दा ठूलो, बाक्लो र आक्रामक देखिन्छ । यसको लम्बाइ ४,३०६ मिमी, चौडाइ १,८६८ मिमी, उचाइ १,६४५ मिमी र ह्वीलबेस २,७१५ मिमी रहेको छ । यो गाडीको ग्राउण्ड क्लियरेन्स १७६ मिमि रहेको छ ।

यसको अर्थ नामी ०६, नामी ०१ भन्दा २८६ मिमी लामो, ५८ मिमी चौडो, ७५ मिमी अग्लो र ६५ मिमी बढी ह्वीलबेस भएको हो, जसले यसलाई नेपाली सडक र पारिवारिक प्रयोगका लागि अझ उपयुक्त बनाएको छ ।

नामी ०६ को डिजाइन अवधारणा ‘फन–क्युब’ भनिने एउटा सोचमा आधारित छ, जसको अर्थ हो गाडी केवल हेर्दा सुन्दर मात्र नभई प्रयोगका हिसाबले पनि बहुउपयोगी हुनुपर्ने ।

गाडीमा ब्ल्याक्ड–आउट पिलर, फ्लोटिङ रुफलाइन र सेमी–हिडन ढोका ह्यान्डल जस्ता आधुनिक डिजाइन विशेषता राखिएको छ, जसले यसको सम्पूर्ण लुकलाई थप आधुनिक बनाएको छ ।

यसको बडीले भित्री भागमा पर्याप्त स्थान दिन्छ, जसले यात्राको अनुभवलाई सहज बनाउँछ । यसमा समावेश गरिएको स्प्लिट टेलगेट डिजाइन विशेष आकर्षण हो ।

सामान्यतः यो सुविधा केवल महँगा एसयूभीहरूजस्तै बिएमडब्लु एक्स ५ वा रेन्ज रोभरमा देखिन्छ । तर नामी ०६ मा यस सुविधा उपलब्ध हुनु आश्चर्यजनक मात्र होइन, नेपालजस्तो साँघुरा पार्किङ र पिकनिक–ट्रेकिङ प्रचलन भएको देशमा अत्यन्तै उपयोगी सुविधा हो ।

माथिल्लो भाग मात्र खोलेर सामान झिक्न सकिन्छ भने तल्लो भाग १५० किलो तौल थाम्न सक्ने हुँदा खुला ठाउँमा बस्न सकिने बेञ्चको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।

गाडीको इन्टेरियरको कुरा गर्दा ६० प्रतिशतभन्दा बढी भित्री भाग सफ्ट–टच सामग्रीले बनेको छ, जसले प्रिमियम महसुस गराउँछ । इन्टेरियर डिजाइन पूर्ण रूपमा सिमेट्रिकल छ, जसले दायाँ र बायाँ स्टेयरिङ भएका देशहरूमा सजिलै उत्पादन अनुकूलता ल्याउँछ ।

नेपालजस्तो दायाँ स्टेयरिङ चलाउने मुलुकका लागि यो विशेष उपयोगी छ । साथै, यसमा ५० वाटको वायरलेस चार्जिङ प्याड, गहिरो स्टोरेज स्पेस, क्लोज्ड कम्पार्टमेन्ट, फोल्डेबल टेबल र झुन्ड्याउन मिल्ने हुक जस्ता साना तर महत्त्वपूर्ण विवरण समावेश गरिएका छन् ।

गर्मी र जाडो दुवै मौसमलाई मध्यनजर गर्दै यसमा भेन्टिलेटेड र हीटेड सिट जडान गरिएको छ । पछाडिको सिट पनि पर्याप्त फराकिलो छ, जसले उचाइ भएका यात्रुलाई सहज यात्रा गराउन सहयोग गर्छ ।

प्यानोरामिक सनरूफले भित्री उज्यालो र खुलापन ल्याउँछ, जसले नेपालको प्राकृतिक दृश्य अवलोकन गर्न उपयुक्त वातावरण तयार पार्छ ।

५ मिनेट चार्जमा १०० किमी यात्रा सम्भव
नामी ०६ मा राखिएको १३५ किलोवाटको सिंगल इलेक्ट्रिक मोटरले सन्तुलित शक्ति र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ । यस गाडीको सबैभन्दा विशेष पक्ष भनेकै यसको ३–सी अल्ट्राफास्ट चार्जिङ टेक्नोलोजी हो ।

कम्पनीले यो गाडीमा ४४।९४ र ५१।८७ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री अप्सन दिएको छ । यी ब्याट्रीले एक पल्ट फूल चार्ज गर्दा क्रमशः ४०१ र ४७१ किलोमिटर सीएलटीसी रेञ्ज दिने बताइएको छ ।

कम्पनीका अनुसार, केवल ५ मिनेट चार्ज गर्दा १०० किलोमिटरसम्मको यात्रा गर्न सकिनेछ भने ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न जम्मा १८ मिनेट लाग्नेछ ।

नेपालमा विद्युतीय चार्जिङ पूर्वाधार अझै विकासको चरणमा रहेका कारण यो प्रविधि नेपाली सन्दर्भमा अति उपयोगी हुने प्रक्षेपण गरिएको छ ।

चीनमा यसको मूल्य झण्डै १ लाख युआन करिब १९ लाख नेपाली रुपैयाँ रहेको बताइएको छ । यदि यही मूल्य श्रेणीमा नेपाल भित्र्याउन सकिने हो भने, नामी ०६ नेपालको विद्युतीय सवारी बजारमा मध्य–श्रेणीको एक प्रमुख प्रतिस्पर्धी बन्नेछ ।

डिजाइन, प्रयोगमैत्री सुविधा, शक्ति र मूल्य–गुणस्तर सन्तुलनका आधारमा नामी ०६ ले नेपाली ग्राहकका लागि निकै उपयुक्त विकल्प दिने सम्भावना छ ।

नाडा अटो शो २०२५ मा मुख्य आकर्षण बन्दै
नेपालका लागि तोङफङ को आधिकारिक डिलर एमएडब्लु बृद्धी मोटर्सले नामी ०६ लाई यही वर्षको नाडा अटो शो २०८१ मा सार्वजनिक रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

अटो शोको प्रमुख आकर्षणका रूपमा यो विद्युतीय एसयूभीले शोमा धेरैको ध्यान तान्ने अपेक्षा गरिएको छ । सो अवसरमा गाडीको अफिसियल मूल्य, बुकिङ सुविधा, टेस्ट ड्राइभ र आकर्षक लन्च अफर पनि खुलासा गरिने सम्भावना छ ।

नेपालमा बढ्दो इभी चासो, नामी ०१ को स्थापित विश्वास, र प्रतिस्पर्धी मूल्यको पृष्ठभूमिमा नामी ०६ ले ईभी बजारमा ठूलो प्रभाव पार्ने संकेत देखाएको छ ।

यदि नाडा अटो शोमा उपभोक्ताहरूबाट सकारात्मक प्रतिक्रिया आयो भने, नामी ०६ नेपाली सडकमा ‘छिट्टै र बाक्लै’ देखिने गाडी बन्न सक्छ ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ४ : ४३ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व