२०८२, २२ मंसिर सोमबार

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहट लगायतका मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन नै निक्कै कठिन भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।

‘यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमनसमेत गरिरहेको छु,’ उनले भने, ‘खानेपानीको समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सा लगायतका जिल्लाहरुसहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडारुमा हालसम्म २३७ भन्दा बढीको सङ्ख्यामा डिप बोरिङ गाडि सकिएको छ । पानीको समस्या समाधानका लागि थप पहल भइरहेको छ ।’

यसैगरी उनले आगामी आर्थिक वर्षको सुरुवातसँगै यसकार्यलाई अझ द्रुत गतिमा अगाडि बढाइने भन्दै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताए । 

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंकको सहयोगमा रु ४ अर्ब ५० करोडको लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उनको भनाई छ ।

‘यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दै उनले सबैको सहयोग र समन्वयले नै पानी संकटको समाधान निकाल्न सकिने छ,’ उनले भने ।

साथै प्रदेश र स्थानीय सरकार तथा खानेपानी र सरसफाई क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उनले आग्रह समेत गरेका छन् ।

मन्त्री यादवले भने, ‘यस विपद्को घडिमा हामी सबैको सहकार्यबाट यो सङकट पार गर्न सकिने दृढ विश्वास लिएको छु । विपत्तिका बेला हामी सबै एक हौँ, सङकटका घडीमा सहकार्य नै हाम्रो बल हो ।’

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १ : ०८ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला