२०८२, २२ चैत्र सोमबार

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै


काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ५ लाख ८० हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । गत वर्ष असार २३ सम्म ४३.५ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको हो । कर्णाली प्रदेशमा हाल सम्म ७१.७ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ ।
त्यसमध्ये हालसम्म करिब २९ हजार २९९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ७८ प्रतिशत रोपाइँ सकिएको थियो । लुम्बीनी प्रदेशमा हाल सम्म ५२.१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ४४.४ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ९३६ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

गण्डकी प्रदेशमा हाल सम्म ५५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ४९.७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।
बागमती प्रदेशमा हाल सम्म ५१.९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे ४१ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम १३.६ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ३४.४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल ३ लाख ७६ हजार ३२७ हेक्टर जमिनमा धानखेती हुनेगरेको छ । कोशी प्रदेशमा हाल सम्म २९.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म ३४.४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२, २३ असार सोमबार  ९ : २८ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको