२०८३, २७ भाद्र आईतबार

कियाको ‘क्यारेन्स क्लाभिस ईभी’ लन्च हुँदै,

कियाको ‘क्यारेन्स क्लाभिस ईभी’ लन्च हुँदै,


काठमाडौं । कियाको ‘क्यारेन्स क्लाभिस ईभी’ लन्च हुँदैछ । किया इन्डियाले आफ्नो नयाँ इलेक्ट्रिक पारिवारिक सवारीसाधन ‘क्यारेन्स क्लाभिस ईभी’ यहि आउँदो जुलाई १५ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सात जना यात्रु अट्ने क्षमताको यो इलेक्ट्रिक मोडलले भारतीय बजारमा बीवाईडी ईम्याक्स ७, हुन्डाई क्रेटा ईभी र टाटा ह्यारियर ईभीजस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । कारको डिजाइन, विशेषता र अनुमानित ड्राइभिङ रेन्ज पहिले नै बाहिर आइसकेको छ ।

कम्पनीले सार्वजनिक गरेको टिजर भिडियो अनुसार क्यारेन्स क्लाभिस ईभीको बाहिरी स्वरूप हालै प्रस्तुत गरिएको आईसीई संस्करणसँग मिल्दोजुल्दो छ ।

यसमा त्रिकोण आकारको एलईडी हेडलाइट, एल आकारको डेलाइट रनिङ लाइट ९डीआरएल० र दुबै बत्ती जोड्ने एलईडी लाइट बार जडान गरिएको देखिन्छ । यद्यपि, यसको आन्तरिक तथा बाहिरी रूपरेखामा केही नयाँ सुधार गरिएको बताइएको छ ।

भित्री बनावटको कुरा गर्दा यस गाडीमा दुई रंगको ड्यासबोर्ड, आरामदायी सिट अपहोल्स्ट्री, ड्युअल स्क्रिन सिस्टम, दुई स्पोक स्टेयरिङ ह्वील, एम्बियन्ट लाइट, वायरलेस चार्जिङ सुविधा, रूफ माउन्ट गरिएको रियर एसी भेन्ट, प्यानोरामिक सनरुफ, र भेइकल टु लोड तथा भेइकल टु भेइकल प्रविधिहरू समावेश गरिनेछ ।

हालसम्म गाडीमा प्रयोग गरिने ब्याट्रीको सटिक विवरण सार्वजनिक गरिएको छैन । तर, क्यारेन्स क्लाभिस ईभी दुईवटा फरक ब्याट्री अप्शनमा आउने अनुमान गरिएको छ । यसको अधिकतम ड्राइभिङ रेन्ज करिब ४९० किलोमिटर हुने बताइएको छ । कम्पनीले सो दिन नै यसको मूल्य पनि सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : १७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।