२०८२, १४ पुस सोमबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक

दाङमा चार सय बेडको अस्पताल निर्माण हुने


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैयाको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो । बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्राबधानहरुमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गर्नुभयो ।

उहाँले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ३ : ३१ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर