२०८२, २२ चैत्र सोमबार

आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्स माथि नेपालको दोस्रो जित

आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्स माथि नेपालको दोस्रो जित


काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो ।

२ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो । नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।

नेपालका आरिफले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो । भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको साझेदारी गरे । रोहित र भीम माइकल लेभिटको बलमा आउट भए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गराए ।

नेदरल्याण्ड्सले दोस्रो इनिङको सुरुवातमा कुनै बलको सामना नगरी १० रन पेनाल्टी स्वरुप पायो । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

प्रकाशित मिति : २०८२, २८ जेष्ठ बुधबार  ११ : ३६ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको