२०८३, २३ आश्विन शनिबार

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त


काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । आज ९जेठ २२० बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आजै देखिनै लागू हुने गरी ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीको दिएको हो । गत चैत १० मा यसअघिका सीईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएपछि चैत १३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पीएको थियो ।

नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका उनी चार्टर्ड एकाउन्टेन्स समेत हुन । पछिल्लो समय वित्तीय विश्लेषकका रुपमा समेत चर्चित रहेका ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर नबिल बैंक प्रवेश गरेका थिए ।
ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक, महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुदै ज्ञवानी नबिल बैंकको सीईओ बनेका हुन ।

प्रकाशित मिति : २०८२, २२ जेष्ठ बिहीबार  २ : ०७ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि