२०८२, २२ चैत्र सोमबार

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू


रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ ।

स्थानीय उत्पादनसँग जोडेर आर्थिक विकासको लागि महिलाहरूमा रोजगारी सृजना गर्न तालिम सञ्चालन गरिएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तालिममा स्थानीय १५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ ।

पहिलो चरणमा बिस्कुट बनाउने तालिम दिइने बताउँदै तामाङले महिलाहरूले व्यावसायिक रूपमा काम सुरु गरेपछि थप आइटम बनाउने तालिम पनि दिने बताए । ‘पहिला यसमा राम्रो जान्ने हुन्, त्यसपछि यसका थप भेराइटीहरु पाउरोटी लगायतका परिकार बनाउने तालिम पनि दिने योजनामा छौं,’ उनले भने ।

कोदोको पिठोबाट यस्ता सामाग्री बन्ने रहेछ भन्ने कुरा आफूहरूले थाहा पाएको बताउँदै सहभागी महिलाहरू तालिम सिकेर बिस्कुट कारखाना खोल्ने योजना सुनाउँछन् । आफूहरूले उत्पादन गरेका स्थानीय पौष्टिक बिस्कुट गाउँपालिकाका विद्यार्थीहरूलाई खाजाको रूपमा पुर्याउने योजना उनीहरूको छ ।

महिलाहरूले तालिम सिकेपछि उद्योग सञ्चालनको लागि आवश्यक उपकरण, फर्निचरलगायत सक्दो सहयोग गर्ने वडाध्यक्ष तामाङले बताए । स्थानीय उत्पादनसँग जोडिएका उद्योग प्रवर्धन गर्न सक्दो सहयोग गर्ने उनले बताए । 

दुरागाउँ र आसपासको क्षेत्र राम्रो कोदो उत्पादन हुने क्षेत्र हो । त्यहाँ उत्पादन भएको कोदामा आधारित भएर उद्योग सञ्चालन गर्ने हो भने स्थानीय उत्पादनले राम्रो मूल्य पाउनुको साथै उद्यमी महिलाहरूले पनि राम्रो आमदानी गर्न सक्ने तामाङको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १७ जेष्ठ शनिबार  ६ : ०१ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको