२०८३, १३ कार्तिक शुक्रबार

मिडिया काउन्सिल विधेयक चाँडै पास हुन्छ : सञ्चारमन्त्री

मिडिया काउन्सिल विधेयक चाँडै पास हुन्छ : सञ्चारमन्त्री

आचारसंहिता विपरीतका गतिविधि नियमन गरिने


पोखरा: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारलाई वास्तविकताको नजिक पुग्न आग्रह गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा शनिबार पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकारवालासँग भएको छलफलमा बोल्दै गुरुङले सञ्चार तथा सूचना प्रविधिको विकासले ल्याएका अवसर र चुनौतीको सामना गर्दै राष्ट्रियहित प्रवद्र्धन गर्ने विषय विषयवस्तु सञ्चारमाध्यमले पस्कनु पर्ने बताउनुभयो ।

उहाँले पत्रकारिताका खोजमूलक नभएपछि वास्तविकताको नजिक नपुगिने स्पष्ट पार्नुभयो । सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने भन्ने विषयमा चिन्तित हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।  त्यसलाई व्यवस्थित र मर्यादित गर्ने विषयमा मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘सबै जनताले सूचना पाउने कुराको ग्यारेण्टी सार्वजनिक प्रसारणका माध्यमबाट हुन्छ,’  सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताउनुभयो । साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसदमा पेस गरिने उहाँले जानकारी दिनुभयो । ‘मिडिया काउन्सिल विधेयक शीघ्र पारित गरी आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ’, गुरुङले भन्नुभयो ।

प्रकाशित मिति : २०८२, १० जेष्ठ शनिबार  ८ : ५७ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित