२०८२, १ असार आईतबार

संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता

संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज पारित भएको संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीका सवाल तथा घरजग्गा कर्जा बीमा कार्यक्रम सम्बन्धी सुझाव संकल कार्यक्रममा उनले संघीय निजामति ऐन ढुङ्गामा लेखिएको अक्षर नभएको भन्दै यसलाई आवश्यकता अनुसार संशोधन गर्न मिल्ने बताएका हुन् । उनले भने, ‘संघीय निजामति ऐन सजिलो विषय थिएन् । तर आज जसरी यो पारित भयो, त्यो ढुङ्गामा लेखिएको अक्षर होईन, आवश्यकता अनुसार यसलाई आगामी दिनमा पनि संशोधन गर्न मिल्छ र गर्छाँै । यो विधेयकले गर्दा निजामति क्षेत्रलाई सहि ठाँउमा आउने छ भन्ने हामीले सोचेका छौँ ।’

यस्तै, उनले संघीय मन्त्रालय सम्हाल्दै संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको भन्दै आज त्यो प्रतिबद्धता पूरा भएको बताए । उनले भने, ‘यो मन्त्रालय सम्हाल्दै गर्दा मेरो प्रमुख काम भनेको संघीय निजामति ऐन जुन झण्डै ९ वर्षदेखि विचाराधिन अवस्थामा थियो । यसलाई मैले प्राथमिकतामा राखेर संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको थिए र आज त्यो साइत पनि जुरेको छ । हाम्रो मन्त्रालयका साथिहरु रातदिन खटेर यो ऐन आएको छ । यसको लागि सबैलाई धन्यवाद दिन चाहान्छु ।’

यसको साथै, उनले बजेटमा कर्मचारीको सवालमा उठेका विषय र माग अर्थमन्त्री लगायत सम्बन्धित निकायमा छलफल गरेर पूरा गराउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, २ जेष्ठ शुक्रबार  ६ : २९ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।