२०८३, २६ आश्विन मंगलबार

निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ: अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ: अर्थमन्त्री पौडेल


काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न सक्दैन ।’ त्यसैले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको उनको भनाइ छ । ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, समस्या समाधानका लागि व्यग्र छ,’ मन्त्री पौडेलले भने ।

यसमा उनले दुईवटा उदाहरण समेत दिए । पहिलो उदाहरणको रुपमा उनले सरकार बनेलगत्तै अर्थतन्त्रको सिथिलता कसरी चिर्ने भनेर छलफल गरी कानुनी व्यवधान अध्यादेशको माध्यमबाट सम्बोधन गर्ने कोसिस गरेको जानकारी गराए । दोस्रो उदाहरणको रुपमा भने उनले निजी क्षेत्रको समस्या सम्बोधन गर्न कानुन संशोधनको प्रक्रियाबाट मात्रै पनि पर्याप्त नहुने भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको जानकारी गराए । निजी क्षेत्रको समेत प्रतिनिधित्व भएको सो आयोगले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए । बजेटको माध्यमबाट, कानुनको माध्यमबाट र कार्यकारी निर्णयको माध्यमबाट क्रमशः माग सम्बोधनको प्रयास गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

कतिपय सुझाव उपयुक्त भए पनि सम्भव नहुने र कतिपय सभ्व भए पनि उपयुक्त नहुने भन्दै मन्त्री पौडेलले भने, ‘सम्भव र उपयुक्त सुझाव ग्रहण गर्नका लागि मेरो प्रयास रहने छ । म यहाँहरुलाई यो बचन दिन पनि चाहन्छु ।’

प्रकाशित मिति : २०८२, २८ बैशाख आईतबार  १० : २२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल