२०८३, १२ आश्विन मंगलबार

केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् : मन्त्री पौडेल

केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् : मन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरु कै पक्षमा जाने भन्दै राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका हुन् ।
उनले भने, ‘यो मुलुकमा धेरै काम गर्नुपर्ने छ, तर गर्न सकिदैँन् भन्दै पलायन हुने होईन गर्न सकिन्छ भनेर अगाडि बढ्नु पर्छ । समस्याको समाधान दिने हिसाबले नेतृत्वमा आउनु, जतिले चाहे पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्न सक्छ तर अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरु कै पक्षमा जान्छ ।’
यस्तै, उनले विद्यार्थी आन्दोलनले साझा मुद्दा पहिचान गरेर त्यसको आधारमा अगाडि जाने अवस्था भयो भने राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्ने बताए ।
उनले भने, ‘विद्यार्थीहरुले साझा मुद्धा निर्माण गरेर सँगसँगै जाने वातावरण निर्माण गर्नुपर्छ । नेपालमा २०४७ साल, २०६२, ६३ सालको आन्दोलनमा सधैँ लोकतन्त्रवादी विद्यार्थी संगठनहरु आपसमा मिलेर अगाडि बढेको अवस्था थियो । त्यसकारण वर्गीय मुद्धा प्राप्त गर्नका लागि विद्यार्थी संगठनहरु बीच एकता कायम गर्न सक्नु पर्छ । साझा मुद्धा पहिचान गरेर त्यस आधारमा अगाडि जाने अवस्था भयो भने विद्यार्थी आन्दोलनले राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्छ ।’
परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरुलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
उनले भने, ‘परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरुलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सक्छ त्यसैले सामाजिक क्षेत्रमा सामाजिक वेतिथिलाई अन्त्य गर्नको लागि समाजमा सुधार गर्नको लागि विद्यार्थी आन्दोलनले धेरे ठूलो भूमिका खेल्न सक्छ ।’
यसको साथै, उनले विद्यार्थी आन्दोलन सामाजिक मुद्धा, जनताको मुद्धा र विद्यार्थी समुदायको मुद्धाहरुको बारेमा बोल्नुको साथै वेतिथि र विसंगतिको विरुद्ध प्रहार गर्ने पनि बताए ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ३ : ०६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय