२०८३, ६ बैशाख सोमबार

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड मूलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशंका पैदा भएको बताए ।

उनले भने,‘उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ । विगतमा उहाँको व्यवहारले त देखाएको थियो । राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरु दिइरहनु भएको छ । एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन ।’

त्यस्तै उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रुपमा रहँदा पनि कहिले एमालेको  र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग विर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए ।

उनले भने,‘उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चडेर कहिले कांग्रेसको काँध चडेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी विर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ । यसको औषधि छैन ।’

साथै उनले सरकार ढलेपनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अराजकता र अस्थिरता चाहानेले यस्तै कुराको खेतिपाति गर्छन् । उहाँले  त्यही गरिरहनु भएको छ । कल्पनामा यो सरकार ढलेपनि उहाँले कुन सरकार बनाउनु हुन्छ ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन् । उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कम्जोर धरातलमा पुगेको सरकार होईन् ।’

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार  ५ : ०२ बजे

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

आयल निगममा धर्ना दिन गएका जेन-जी युवा प्रहरीद्वारा हटाइए, मूल्यवृद्धि फिर्ताको माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन-जी

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली