२०८२, २६ पुस शनिबार

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड मूलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशंका पैदा भएको बताए ।

उनले भने,‘उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ । विगतमा उहाँको व्यवहारले त देखाएको थियो । राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरु दिइरहनु भएको छ । एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन ।’

त्यस्तै उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रुपमा रहँदा पनि कहिले एमालेको  र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग विर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए ।

उनले भने,‘उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चडेर कहिले कांग्रेसको काँध चडेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी विर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ । यसको औषधि छैन ।’

साथै उनले सरकार ढलेपनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अराजकता र अस्थिरता चाहानेले यस्तै कुराको खेतिपाति गर्छन् । उहाँले  त्यही गरिरहनु भएको छ । कल्पनामा यो सरकार ढलेपनि उहाँले कुन सरकार बनाउनु हुन्छ ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन् । उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कम्जोर धरातलमा पुगेको सरकार होईन् ।’

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार  ५ : ०२ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,