२०८३, २६ आश्विन मंगलबार

विकासको मोडल बदल्नैपर्छ : मुख्यमन्त्री कडेल

विकासको मोडल बदल्नैपर्छ : मुख्यमन्त्री कडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् ।
भुकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवन संहिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कडेलले अहिले भइरहेको जथाभावी बिकासको मोडल बदल्न नसकिए बिपत्तीको चपेटा मुक्त हुन नसकिएको बताएका हुन् ।
मुख्यमन्त्री कडेलले जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे त्यसलाई रोक्न प्राविधिकहरु नै अघि धारणा सर्नुपर्ने बताए । उनले भने, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिडनेहरुले सडक मूल्याङकन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ ।’
विकासको आवश्कता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाँउ बस्ती जोखिममा परेको चर्चा गर्दे मुख्यमन्त्री कडेलले जनप्रतिनिधिले जहाँ जहाँ भन्छन त्यही जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव दिए ।
मुख्यमन्त्री कडेलले भने,‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईहरुकै भूमिका रहन्छ । ’
सबै तहका सरकारसँग चाहिएजति रकम नभएपनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको मुख्यमन्त्री कडेललको भनाई थियो । मुख्यमन्त्री कडेलले भने, ‘हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।’

मुख्यमन्त्री कडेलले कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेकोले यहाँ बन्ने संरचनाहरु अरु भन्दा जोखिमरहित हुुनुपर्नेमा ध्यान दिन पनि प्राविधिकहरुलाई सुझाव दिए ।
नगर विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा गत कार्तिक २२ गते जाजरकोटको केन्द्रविन्दु भएर गएको भुकम्पबाट क्षतिग्रस्त संरचना पुर्ननिर्माणका लागि दुई जिल्लाका ३० जना इन्जिनियरहरु सहभागी रहेको कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : २०८१, २१ पुस आईतबार  १ : ४८ बजे

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका

उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि

काठमाडौं । उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान

‘सारथी’ को प्रोमो सार्वजनिक

काठमाडौं । अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत