२०८३, १ कार्तिक आईतबार

पञ्चेश्वरका स्वास्थ्य संयोजक शाहको अबैधानिक क्लिनिक

पञ्चेश्वरका स्वास्थ्य संयोजक शाहको अबैधानिक क्लिनिक


बैतडी । पञ्चृश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले सञ्चालन गरेको क्लिनिक सिल गरिएको छ । गाउँपालिकाका प्रतिनिधि र प्रशासनको राहोबरमा उक्त क्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

नियम विपरित सञ्चालनमा रहेको उक्त क्लिनिक सिल गरिएको उनले बताए । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै आएका थिए । यतिमात्रै होइन क्लिनिकमा गैर स्वास्थ्यकर्मीले बिरामी जाँच गर्ने देखि औषधी समेत विक्रि गर्ने गरेको पाइएको थियो । स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामी समेत जाँच्ने गरेको पाइएको हो ।

उहाँ मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् । तर नीति नियमको धज्जी उडाउँदै शाहले वर्षौँदेखि निजी क्लिनिक सञ्चालन गरिरहेको पाइएको हो । यतिमात्रै होइन गैर चिकित्सा व्यक्तिले बिरामी जाँच देखि औषधी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भिर लापरवाही गरिरहेको पाइएको हो । यसअघि पनि गाउँपालिकामा उक्त क्लिनिकबारेमा छानबिनको गर्न माग गर्दै निवेदन समेत परेको थियो । त्यसबेला पनि पालिकाले गरेको छानविनमा उक्त क्लिनिक गैरकानुनीरूपमा सञ्चालन रहेको भेटिएको थियो ।

तर उक्त क्लिनिक सञ्चालनमै रहिरह्यो । स्वास्थ्य शाखा प्रमुख शाहले भने सिएमए सङ्घबाट अनुमति लिएर क्लिनिक सञ्चालन गरेको बताउँछन् । तर सिएमए संघ क्लिनिक सञ्चालन गर्न अनुमति दिने निकाय नै होइन । सम्बन्धित स्थानीय तहले मापदण्ड बनाएर क्लिनिक सञ्चालनको अनुमति दिने गर्दछ । त्यसमा पनि क्लिनिकमा आवश्यक पर्ने पूर्वाधार, जनशक्ति, उपकरणको उपलब्धता लगायत धेरै प्रक्रिया पुर्याएर मात्रै अनुमति पाउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । प्रमुख जिल्ला अधिकारीको नेत्तृत्वमा पञ्चेश्वरमा बजार समेत अनुगमन गरिएको थियो । – प्रकाश भट्ट

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  ११ : १३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा