२०८२, १६ असार सोमबार

हेटौडा–१२ मा उपनिर्वाचन : दलहरुका आ–आफ्नै दावी

हेटौडा–१२ मा उपनिर्वाचन : दलहरुका आ–आफ्नै दावी


काठमाडौं । हेटौडा उपमहानगरपालिका–१२ मा मङ्सिर १६ गते हुन् लागेको वडाध्यक्ष पदको उप–निर्वाचनको माहोल तातेको छ ।
उम्मेदवारहरुले निर्वाचन सम्बन्धि गतिबिधि तिब्र रुपमा बढाएका छन् । आफ्ना दलका उम्मेदवारलाई जिताउन बिभिन्न राजनीतिक दलहरुले सक्रियता देखाएका हुन् ।
प्रतिस्पर्धी दलहरुले आफ्नो उम्मेदवारले चुनाव जित्ने दावी गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यस पटक १२ नम्बर वडामा चुनाब जित्ने गरि प्रचार प्रसारलाई तिब्रता दिएको जनाएको छ । आफूहरु बलियो शक्ति रहेको राप्रपाले दावी पेश गरेको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत समर्थन जनाएको कारण पनि चुनावी पल्लाभारी रहेको राप्रपाका नेता कार्यकर्ताको दावी रहेको छ । राप्रपाले नेता प्रेम भ्लोनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
संघीय तथा प्रदेश निर्वाचनमा राप्रपालाई प्राप्त समानुपातिक मतका आधारमा बलियो शक्ति रहेको राप्रपा प्रदेश कमिटी सदस्य खुशी कार्कीले बताइन् ।
हेटौंडा १२ मा कांग्रेसबाटअर्जुनप्रसाद तिवारी र एमालेका राजेश नगरकोटी उम्मेदवार छन् भने माओवादी केन्द्रबाट रविन प्रधान उम्मेदवार छन् । माओवादी केन्द्र विरासत जोगाउन कस्सिएको छ भने कांग्रेस र एमालेले लोकप्रियता मापनका आधारमा आफू विजयी हुने दावी गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ नम्बर वडामा ३ हजार ८७८ पुरुष र ४ हजार १७४ महिला मतदाता छन्, २०७९ मा ६ हजार ४६५ मतदाता थिए ।
२०७९ मा माओवादीका उम्मेदवारले १३ सय ७१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले १३ सय ४० र एमालेका नगरकोटीले १३ सय २५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ७ : १० बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको