२०८३, १० श्रावण सोमबार

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन् ।
महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको भन्दै सोको लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा २००/१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको उल्लेख छ । वार्षिक कारोबार गर्दा उल्लेखनीय बेरुजु देखिनु उचित होइन् । जसले वित्तिय अनुशासन प्रश्न मात्र खडा गरेको छ । सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने छ । उनले समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका भन्दै त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राखे ।

‘समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका छन् । त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरणगरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्छ । त्यसको लागि लेखा परीक्षणमा नविनतम प्रविधिको उपयोग गर्नुपर्ने कर्मचारीमा सक्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’ स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  २ : ०९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक