२०८३, ७ भाद्र सोमबार

हेटौडा–१२ मा उपनिर्वाचन : दलहरुका आ–आफ्नै दावी

हेटौडा–१२ मा उपनिर्वाचन : दलहरुका आ–आफ्नै दावी


काठमाडौं । हेटौडा उपमहानगरपालिका–१२ मा मङ्सिर १६ गते हुन् लागेको वडाध्यक्ष पदको उप–निर्वाचनको माहोल तातेको छ ।
उम्मेदवारहरुले निर्वाचन सम्बन्धि गतिबिधि तिब्र रुपमा बढाएका छन् । आफ्ना दलका उम्मेदवारलाई जिताउन बिभिन्न राजनीतिक दलहरुले सक्रियता देखाएका हुन् ।
प्रतिस्पर्धी दलहरुले आफ्नो उम्मेदवारले चुनाव जित्ने दावी गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यस पटक १२ नम्बर वडामा चुनाब जित्ने गरि प्रचार प्रसारलाई तिब्रता दिएको जनाएको छ । आफूहरु बलियो शक्ति रहेको राप्रपाले दावी पेश गरेको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत समर्थन जनाएको कारण पनि चुनावी पल्लाभारी रहेको राप्रपाका नेता कार्यकर्ताको दावी रहेको छ । राप्रपाले नेता प्रेम भ्लोनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
संघीय तथा प्रदेश निर्वाचनमा राप्रपालाई प्राप्त समानुपातिक मतका आधारमा बलियो शक्ति रहेको राप्रपा प्रदेश कमिटी सदस्य खुशी कार्कीले बताइन् ।
हेटौंडा १२ मा कांग्रेसबाटअर्जुनप्रसाद तिवारी र एमालेका राजेश नगरकोटी उम्मेदवार छन् भने माओवादी केन्द्रबाट रविन प्रधान उम्मेदवार छन् । माओवादी केन्द्र विरासत जोगाउन कस्सिएको छ भने कांग्रेस र एमालेले लोकप्रियता मापनका आधारमा आफू विजयी हुने दावी गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ नम्बर वडामा ३ हजार ८७८ पुरुष र ४ हजार १७४ महिला मतदाता छन्, २०७९ मा ६ हजार ४६५ मतदाता थिए ।
२०७९ मा माओवादीका उम्मेदवारले १३ सय ७१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले १३ सय ४० र एमालेका नगरकोटीले १३ सय २५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ७ : १० बजे

राप्रपाको कडा एक्सन : बाग्मतीका तीन मन्त्रीलाई पदमुक्त गर्न लिङदेनको पत्र

काठमाडौं । पार्टीको निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेश सरकारमा सहभागी

गगनले भेट्न खोजे देउवा, तर अझै खुलेन संवादको ढोका

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको विवाद मिलाउन सभापति गगन थापाले

मन्त्री छान्नै नसक्दा कर्णालीमा सत्ता विस्तार रोकियो, मुख्यमन्त्रीमाथि आफ्नै दलको दबाब

सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको तयारी अन्तिम घडीमा आएर

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको