२०८२, १६ असार सोमबार

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् ।
सोही क्रममा उनले सीटीईभीटीको प्रमोशन, समृद्धि र यसको गुणस्तरका लागि समर्पित भई अगाडि बढ्ने प्रण गरेका छन् ।
यस्तै, उनले सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘यो जिम्मेवारी दिएर पठाउनु हुने शिक्षा मन्त्रालय र प्रधानमन्त्रीप्रति विशेष आभार प्रकट गर्न चाहन्छु । म सीटीईभीटीको प्रमोशन, यसको समृद्धिमा र यसको गुणस्तरका लागि समर्पित भई अगाडी बढ्ने प्रण गर्न चाहन्छु । सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने विषयमा म प्रतिबद्ध छु ।’
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष छनौट समितिबाट सिफारिस भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेका तीनजना मध्ये बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
सीटीईभीटीको उपाध्यक्षका लागि वहालबाला दुई निर्देशकसहित १३ जनाको उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षका लागि सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक टैलेन्द्र आचार्य र सीटीईभीटीकै सूचना तथा अनुसन्धान महाशाखा निर्देशक भुवनेश्वर ढुंगाना, पूर्व सदस्य सचिव जिवनारायण काफ्ले, पूर्व निर्देशक मिस्टरकान्त मैनाली र सौरभराम जोशी, पूर्व उपनिर्देशक कुस्माकर भट्टले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ९ : ५२ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको