२०८३, २ श्रावण आईतबार

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् ।
सोही क्रममा उनले सीटीईभीटीको प्रमोशन, समृद्धि र यसको गुणस्तरका लागि समर्पित भई अगाडि बढ्ने प्रण गरेका छन् ।
यस्तै, उनले सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘यो जिम्मेवारी दिएर पठाउनु हुने शिक्षा मन्त्रालय र प्रधानमन्त्रीप्रति विशेष आभार प्रकट गर्न चाहन्छु । म सीटीईभीटीको प्रमोशन, यसको समृद्धिमा र यसको गुणस्तरका लागि समर्पित भई अगाडी बढ्ने प्रण गर्न चाहन्छु । सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने विषयमा म प्रतिबद्ध छु ।’
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष छनौट समितिबाट सिफारिस भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेका तीनजना मध्ये बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
सीटीईभीटीको उपाध्यक्षका लागि वहालबाला दुई निर्देशकसहित १३ जनाको उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षका लागि सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक टैलेन्द्र आचार्य र सीटीईभीटीकै सूचना तथा अनुसन्धान महाशाखा निर्देशक भुवनेश्वर ढुंगाना, पूर्व सदस्य सचिव जिवनारायण काफ्ले, पूर्व निर्देशक मिस्टरकान्त मैनाली र सौरभराम जोशी, पूर्व उपनिर्देशक कुस्माकर भट्टले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ९ : ५२ बजे

फेसबुकको वेब संस्करणमा समस्या, प्रयोगकर्ताले गर्न सकेनन् लगइन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको वेब (ब्राउजर) संस्करणमा आइतबार अचानक

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो

काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको

प्रमाण नै थिएन भने मुद्दा किन?’ विष्णु पौडेलमाथिको अभियोजनप्रति गोविन्द पन्थीको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलले संसदमा आफ्ना सांसदहरूको भूमिका

विद्युत् अवरोधदेखि जनताको असन्तुष्टिसम्म, सरकारमाथि शंकर पोखरेलको आक्रामक टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको