२०८३, ३० आश्विन शनिबार

बीआरआईबारे एमाले- कांग्रेससँग फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं

बीआरआईबारे एमाले- कांग्रेससँग फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं


काठमाडौं: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईबारे कांग्रेससँग फरक मत रहेको बताएका छन् । पछिल्ला समसामयिक घटनाक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बीआरआईबारे कांग्रेस र एमालेको बुझाइमा एकरुपता नरहेको बताए । उनले यो परियोजनको विषयमा डिफरेन्सेस भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने जिकिर गरे ।

उपमहासचिव ज्ञवालीले कांग्रेसले पहिले हस्ताक्षर गरेर अहिले गिजोल्ने प्रयास गरेको बताए । उनले भने, ‘यो ऋणलाई हेरौं, धेरै महँगो रहेछ भने चीनसँग मात्रै होइन, अमेरिका र भारतसँग पनि लिनुहुन्न । सस्तो हुन्छ भने जहाँबाट लिँदा पनि हुन्छ । अहिले छलफल गरिरहेका छौं । अलिअलि डिफरेन्सेस भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं ।’

कांग्रेसले भने बीआरआई अनुदान भए लिन सकिने, तर ऋण स्वीकार्न नसक्ने प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘यो अनुदान भए ठीकै छ हामीले भनेका छौं । आवश्यक नै नभएको बेलामा अरुले दिन्छु भन्दैमा ऋण कसैले लिँदैन, लिनुहुँदैन । अहिले ऋण लिनुपर्छ भन्नेमा एमाले पनि छैन, प्रधानमन्त्री पनि हुनुहुन्न ।’

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ८ : ४४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा