२०८२, २८ असार शनिबार

हतियार चलाउन आउँछ भन्दै उफ्रीए, हामीलाई बिसाउन लगाउन आउँछ : प्रधानमन्त्री ओली 

हतियार चलाउन आउँछ भन्दै उफ्रीए, हामीलाई बिसाउन लगाउन आउँछ : प्रधानमन्त्री ओली 


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार कसरी बिसाउन लगाउनुपर्छ आफूले जानेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्षेका छैनौं’ भन्दै दिएको अभिव्यक्तिको ओलीले जवाफ फर्काएका हुन् ।

एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए । उनले भने, ‘हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने ।’

उनले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका आफूलाई थाहा भएको बताए ।

उनले भने, ‘म त्यसलाई फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामलिाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनोँ तर बिसाउन चाँही लगाउन जानेको छ हामीले ।’

प्रकाशित मिति : २०८१, ११ कार्तिक आईतबार  ११ : ३७ बजे

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर

एनआरएनए यूकेको अध्यक्ष पदमा  राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका लागि  राजेन्द्र पुडासैनीले  उम्मेदवारी

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको