२०८३, ३२ असार शुक्रबार

मानव जातिको साझा भाग्य निर्माणमा जिम्मेदारी लिनुपर्ने: राष्ट्राध्यक्ष सी

मानव जातिको साझा भाग्य निर्माणमा जिम्मेदारी लिनुपर्ने: राष्ट्राध्यक्ष सी


चीनका राष्ट्राध्यक्ष सी चिन फिङले कजान प्रदर्शनी केन्द्रमा “ब्रिक्स जोड्ने” नेतृत्वकर्ता संवाद सम्मेलनमा भाग लिँदै “विश्वको दक्षिणको विशाल शक्तिलाई सङ्ग्रह गर्दै मानवताको साझा भविष्यको समुदायका लागि एकसाथ अगाडि बढौँ” भन्ने विषयमा महङ्खवपूर्ण सम्बोधन गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले “दक्षिणी विश्वको सामूहिक उदय विश्वका ठूलो परिवर्तनको स्पष्ट सङ्केत हो भन्दै दक्षिणी विश्वको पहिलो पङ्क्तिका रूपमा हामीले सामूहिक बुद्धिमत्ता र शक्ति प्रदर्शन गर्नुपर्ने र मानव जातिको साझा भाग्य समुदायको निर्माणमा जिम्मेदारी लिनुपर्ने औँल्याउनुभयो ।
शान्ति कायम राख्नुपर्छ, साझा सुरक्षा हासिल गर्नुपर्छ । हामीले शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ, विश्वभरको सुरक्षा व्यवस्थापनलाई सुदृढ गर्नुपर्छ र चर्चित मुद्दाहरूको समाधानको लागि समुचित मार्ग अन्वेषण गर्नुपर्छ ।
विकासलाई पुनर्जीवित गर्नुपर्छ, सार्वभौमिक समृद्धि प्राप्त गर्नुपर्छ । हामीले सामूहिक विकासको मुख्य शक्ति बन्नुपर्छ, विश्व आर्थिक व्यवस्थापन प्रणालीको सुधारमा सक्रिय भाग लिनुपर्छ र विकासलाई अन्तर्राष्ट्रिय व्यापार र आर्थिक प्रक्रियाको केन्द्रमा राख्नुपर्छ ।
सभ्यताको समृद्धिमा योगदान गर्दै विविधता र समन्वय सुनिश्चित गर्नुपर्छ । हामीले विभिन्न सभ्यताहरूको आपसी सिकाइका लागि प्रवर्धक शक्ति बन्नुपर्छ, संवाद र सञ्चारलाई बढावा दिनुपर्छ र एक–अर्कालाई आफ्ना राष्ट्रिय अवस्था अनुकूल आधुनिकीकरणको मार्गमा लाग्न समर्थन गर्नुपर्छ ।
राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयोः चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सुधारलाई अझ सम्पूर्ण रूपमा गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने विषयबारे स्पष्ट तर्जुमा गरेकाले विश्वका लागि अझ बढी अवसरको सिर्जना गर्नेछ । अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भए तापनि चीनले सधैं नै विश्वव्यापी दक्षिणी जगतमा नजर पु¥याउँदै ब्रिक्स कार्यमा संलग्नका लागि अझ बढी विश्वव्यापी दक्षिणी मुलुकहरूलाई समर्थन गर्दैजानेछ । साथै चीनले विश्वव्यापी दक्षिण जगतको बलियो शक्तिलाई जम्मा पारी सँगै मिलेर मानव जाति भाग्यको एकरूपताको निर्माणलाई प्रवद्र्धन गर्दै जानेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त संवार्ताको अध्यक्षता गर्नुभएको थियो । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसी, इरानी राष्ट्रपति मासुद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला सिरिल रामाफौसाका अतिरिक्त ब्राजिल, भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरबिया र इथियोपियाका प्रतिनिधिहरू, आमन्त्रित अतिथि देशका २५ जना नेता वा प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटेरेस, न्यू डेभलपमेन्ट बैठकका गभर्नर दिल्मा रोसेफलगायत ६ जना अन्तर्राष्ट्रिय सङ्गठनका जिम्मेवार व्यक्तिहरू सो संवार्तामा सम्मिलित हुनुभयो ।

प्रकाशित मिति : २०८१, ९ कार्तिक शुक्रबार  ८ : २२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित