२०८२, २ मंसिर मंगलबार

लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धीत निकायहरुलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल पानी जम्ने ठाउँको खोजी, लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एक पटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिक समेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु’

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१, ९ कार्तिक शुक्रबार  ८ : ५५ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी