२०८२, २३ माघ शुक्रबार

सर्वसाधारणलाई दशैंको टीका : शीतलनिवासमादिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतलनिवासमादिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा अर्थात दशैंको टीकाको दिन राष्ट्रपति भवनशीतलनिवासमा सर्वसाधारणलाई टीका तथाजमरा लगाइदिने भएका छन् । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ ।

पौडेलले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथाजमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजयादशमीकाउपलक्ष्यमाशनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिकनिकायकापदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।

साथै सोही समयमानिजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति पौडेलले बडादशैँ २०८१ का अवसरमाविजयादशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराजपौडेलबाट लगाउने छन ।

यता, पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाई दिने तयारी गरेका छन् । पूर्वराजाशाह र पूर्वारानी कोमलशाहले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

संवाद सचिवालयले एक सूचना जारी दशैंका दिननिर्मल निवासमाशुभेच्छुक तथा सर्वसाधारणलाई अपरान्ह ४ बजे पूर्वराजाले टीका लगाइदिने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, २६ आश्विन शनिबार  १२ : ३३ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय