२०८२, १६ माघ शुक्रबार

घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’

घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’


काठमाडौं । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ ।

वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ । विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताए । उनले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गरेका छन् ।

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौं । अहिले हामी एकदम तनावमा छौं । हामीलाई एउटा पालको व्यवस्था गरिदिएपनि हुन्थ्यो । हाम्रो लागि त्यही ठुलो कुरा हुन्थ्यो होला । यहाँको प्रतिनिधिहरु कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न, त्यसकारण हामी एकदम पीडित छौं । हामीसँग केही बचेन । पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौं । खानेकुराको व्यवस्था गरिदिए एकदम आभारि हुनेथियौं,’उनको दुखेसो छ । 

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ११ : १४ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम