२०८२, २१ असार शनिबार

चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो…

चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो…


काठमाडौं । चलचित्र आँखाको प्रिमियर बिहीबार सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिटीसी मलमा सम्पन्न प्रिमियरमा चलचित्रका कलाकार तथा दर्शकको बाक्लो उपस्थिति थियो ।

चलचित्र ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको छ । प्रिमियरमा सहभागी अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ आजदेखि सिनेमाघर रिलिज समेत भइसकेको छ । निर्देशक योञ्जनकै कथा, पटकथा रहेको चलचित्रको निर्माता पनि योञ्जन नै हुन भने नारायणप्रसाद बराल कार्यकारी निर्माता र राम बस्नेत लाइन प्रोड्युसर छन् ।

चलचित्रको सहनिर्मातामा रेनुका कार्की ढोली रहेकी छिन् । चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ ।आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । चलचित्रलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ११ : ०१ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न