२०८२, २८ असार शनिबार

आज र भोलि रात्रिबस चलाउन नपाइने

आज र भोलि रात्रिबस चलाउन नपाइने


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ ।

विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो । बिहीबारदेखि आइतबारसम्म चार दिन भारीदेखि अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो ।प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ । त्यस्तै, खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ९ : २६ बजे

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज