२०८२, २९ कार्तिक शनिबार

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर


काठमाडौं । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् ।

मंगलबार डिपलको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो । कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कीं ह्याण्डओभर समेत गरेको छ ।

सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुशी लागेको भन्दै डिपलले छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल भएको बताए ।

उनले भने, ‘मैले हस्ताक्षर गरेको पत्र एस ०७ हो । ७ भन्ने शब्द मेरो लागि व्यक्तिगत रुपमा पनि मेरो मनमा छ किनभने मैले ७७ नम्बर नेपालको लागि क्रिकेट खेल्दा लगाएको नम्बर हो । यसको साथै म सातौं क्याप्टेन पनि हो । यो ७ भन्ने शब्द मेरो जीवनमा धेरै तरिकाले जुरेको पनि छ । डिपलको यो समारोहमा एस ०७ गाडी र पूरै परिवारसँग नै जोडिन पाउँदा खुसी लागेको छ ।’ 

यो कार बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ भित्रबाट पनि उत्तिकै राम्रो भएको पनि उनको भनाई छ ।यसको साथै, उनले पछिल्लो समय नेपाली क्रिकेटलाई सबैले चिन्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् । चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन डिपाल गत चैतमा मात्र नेपाल भित्रिएको हो । उत्कृष्ण पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण डिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ।

प्रकाशित मिति : २०८१, ८ आश्विन मंगलबार  ९ : ५७ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर