२०८२, १७ असार मंगलबार

रामेछापमा वलेरो दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाईते

रामेछापमा वलेरो दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाईते


मन्थली । रामेछापमा वलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वलेरोमा सवार चारजना
गम्भरि घाईते भएका छन् । दुर्घटना मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा भएको हो

मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं ४ कि दलित महिला वडा सदस्य समेत हुन् ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा ४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेकोछ ।

मन्थलीबाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालुतर्फ जाँदै गरेको उक्त वलेरो अनियन्त्रित भई सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ६ : ४३ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर