२०८३, २४ भाद्र बिहीबार

रामेछापमा वलेरो दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाईते

रामेछापमा वलेरो दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाईते


मन्थली । रामेछापमा वलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वलेरोमा सवार चारजना
गम्भरि घाईते भएका छन् । दुर्घटना मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा भएको हो

मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं ४ कि दलित महिला वडा सदस्य समेत हुन् ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा ४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेकोछ ।

मन्थलीबाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालुतर्फ जाँदै गरेको उक्त वलेरो अनियन्त्रित भई सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ६ : ४३ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको