२०८३, ८ भाद्र मंगलबार

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का


काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भविष्यमा चीनसँग उर्जा क्षेत्रमा थप सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

एक साताको भ्रमण सकेर मन्त्री खड्का सोमबार नेपाल फर्किएका हुन् । चीन सरकार नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका बारेमा सहकार्य गर्न तयार रहेको उनले जानकारी गराए । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ ।‘

मन्त्री खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा उनले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै, २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजनाबारे पनि चर्चा गरे ।

मन्त्री खड्काले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउने कुरामा जोड दिए । उनका अनुसार, “ऊर्जा अब केवल व्यापारको विषय होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो । नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ ।’

द्विपक्षीय बैठक र समृद्धिको साझा लक्ष्यः

चीन भ्रमणको दौरान, मन्त्री खड्काले चीनका ऊर्जा प्रमुख वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । उक्त भेटमा, नेपाल र चीनबीच ऊर्जा सुरक्षाको क्षेत्रमा दीर्घकालीन सहकार्यको संभावना र प्रविधि हस्तान्तरणको बारेमा छलफल भएको थियो । मन्त्री खड्काले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवद्र्धन र क्षमता विकासका क्षेत्रमा चीनसँग सहकार्यको अपेक्षासमेत व्यक्त गरे ।

नेपाली समुदायसँग लगानीको आह्वानः

भ्रमणको क्रममा, मन्त्री खड्काले चीनमा रहेका नेपाली समुदायलाई नेपालको ऊर्जा क्षेत्र र अन्य क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै भने, “नेपाल अब ऊर्जा क्षेत्रको दृषटिकोणमा एक कदम अघि बढिसकेको छ र सरकारले लगानीको वातावरण बनाउन थप पहल गरेको छ ।“

प्रकाशित मिति : २०८२, १७ असार मंगलबार  १० : ५४ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद