२०८२, २५ मंसिर बिहीबार

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्। जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो।

रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लामिछानेलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ। लामिछाने भने पार्टीका नेताहरुसँग पार्टी कार्यालय वनस्थलीमा आन्तरिक छलफलमा छन्।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो। सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिए लगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ। उनलाई आजै पोखरा लैजाने तयारी छ ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ६ : ३० बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास