२०८३, ७ असार सोमबार

सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार

सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार


काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ ।

हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोबिन्द गुरुङलाई नियुक्ति गर्ने निर्णय भएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनले भने,‘कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई मनोनयन गर्ने निर्णय भएको छ ।’

त्यस्तै एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
उनले भने,‘एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुो अमेरिकी डलर एक सय मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : १९ बजे

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक