२०८३, २ जेष्ठ आईतबार

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास


काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका तीजको अवसरमा शुक्रबार शुभकामना जारी गर्दै सभामुख घिमिरेले हिन्दू महिलाले महादेवको पूजा आराधनागरी मनाउने हरितालिका तीजले समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

‘तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण रहेको छ । लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने धार्मिक चाड पनि हो,’ सभामुख द्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उनले सनातनदेखि आस्थाको धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधताभित्रको एकता उद्घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी उनको भनाइ छ ।

उनले मौलिक पर्वलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समय क्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ९ : ३१ बजे

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि