२०८१, ३० कार्तिक शुक्रबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, को हुन् संगिता पहाडी ?

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, को हुन् संगिता पहाडी ?


काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनुभएको छ । महिला नेतृत्व स्थापित गर्ने अभियान चलाएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले टेलिकममा पनि महिलालाई नै नेतृत्व दिने निर्णय लिएको हो ।

२०७८ मा पनि पहाडीको नाम प्रबन्ध निर्देशकका लागि पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तर, सरकारले उहाँलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसक्नु भएको छ । बिसं २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएकी पहाडी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।

त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट पहाडीले इन्जिनियरिङमा स्नातक गर्नुभएको छ भने थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ ।

टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो । पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आवहान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए ।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिनुभएको थियो । यस्तै टेलिकम बाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशीले पनि आवदन दिनुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो ।

सरकार परिवर्तनको संघारमा तत्कालिन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित छनोट समितिले असार २०, २१ र २२ मा १६ उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सो समितिले तीन जनाको नामसहित सर्टलिस्ट तयार गरेको थियो । त्यसमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा, टेलिकमकै निमित्त प्रबन्ध निर्देशक पहाडी र विमल आचार्यको नाम सिफारिस गरिएको थियो । उक्त प्रस्ताव नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा पेश गर्नुभएकोर तिनै तीनमध्ये मन्त्रिपरिषद्ले पहाडीलाई छानेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०८१ अनुसार एमडीको सेवा अविधि चार वर्षको हुन्छ । पारिश्रमिक मासिक २ लाख ५० हजार रुपैयाँ, घरभाडा मासिक ६० हजार, काठमाडौं उपत्यकामा घर भए २ वर्षमा १ महिनाको मासिक पारिश्रमिक बराबरको घर मर्मत खर्च, चाडपर्व खर्च वार्षिक एक महिनाको पारिश्रमिक बराबरको रकम, भ्रमण खर्च, अतिथि सत्कार खर्च उपलब्ध हुन्छ ।

को हुन् संगिता पहाडी ?

संगिताले काठमाडौँको बानेश्वरमा जन्मे हुर्केर पद्मकन्या माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । त्रिचन्द्र क्याम्पसबाट आइएसी पढेकी उनी त्यसपछि भने इन्जिनियरिङ पढ्न भारतको मोतीलाल नेहरु रिजनल इन्जिनियरिङ कलेज पुगिन् । २०४९ सालमा स्नातक अध्ययन सकिन् । अध्ययन सकेपछि उनी दूरसञ्चार कम्पनीमा काम सुरु गरेकी थिइन् । उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘मास्टर्स इन टेलिकम्युनिकेशन’को डिग्री हासिल गरेकी छन् ।

दूरसञ्चारमा सुरुको ४ वर्ष ट्रान्समिसनमा र २०५४ देखि मोबाइल सेवामा काम गरिन् । त्यसपछि करिब २२ वर्ष उनले अनवरत मोबाइल सेवामा काम गरिन् । उनले मोबाइल सेवातर्फ परियोजना, सञ्चालन, मर्मत, खरिददेखि सबै क्षेत्रको अनुभव बटुलेकी पहाडी त्यसपछि टेलिकमको ‘ब्याक बोन’ मानिने ट्रान्समिसन निर्देशनालयमा काम गरिन् । त्यो विभागले मूलभूत पूर्वाधार निर्माण गर्छ । त्यहाँको अपरेसन, मेण्टिनेन्सको प्रमुखका रूपमा रहेर काम गरिन् ।

त्यसपछि फोर जी आयोजनामा नेटवर्क टिमको प्रोजेक्ट म्यानेजर भएर काम गरिन् । फेरि उनी ब्याक बोनमै फर्किन् र ११ औँ तहमा निर्देशकको भूमिकामा रहिन् । २ वर्ष त्यहाँ काम गरेपछि केन्द्रीय कार्यालयमा अर्को २ वर्ष व्यापार प्रमुखको जिम्मेवारी सफलता पूर्वक पुरा गरिन् ।

प्रमुख व्यावसायिक अधिकृत भएर काम गरेकै बेला प्रतिभा वैद्य सेवानिबृत्त भएपछि उनले ‘चिफ टेक्निकल अफिसर’को रूपमा काम गरिन् । उनले दूरसञ्चार कम्पनीमै करिब ३१ वर्षको अनुभव छ । सोही अनुभव संगालेर कम्पनीको नेतृत्व तहमा पुगेकी छिन् ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ८ : २८ बजे

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा

राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु

काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका