२०८२, १८ कार्तिक सोमबार

निक्षेपकर्ताको पक्षमा प्राइम बैंक : व्यक्तिगत निक्षेपमा सर्वाधिक ब्याज

निक्षेपकर्ताको पक्षमा प्राइम बैंक : व्यक्तिगत निक्षेपमा सर्वाधिक ब्याज


काठमाडौँ । बैंकहरुले निक्षेपको आपूर्ति र कर्जाको मागलाई हेरेर ब्याजदर तय गर्छन् । राष्ट्र बैंकले बढीमा ४ प्रतिशत विन्दुको अन्तर पारेर कर्जा र निक्षेपको ब्याजदर निर्धारण गर्न भनेको छ ।

यसरी कुनै पनि बैंकले समयानुसार निक्षेपकर्तालाई बढी लाभ दिने कि ऋणीलाई ? वा आफूले मार्जिन बढी राख्ने की कम ? यस्ता विषयमा कुनै पनि बैंकले कस्तो रणनीति लिएको छ भनेर हेर्न उसले दिने र लिने ब्याजदरका अंकहरु नियाल्नु पर्छ ।

यही भदौ महिनाको तथ्यांकले निक्षेपकर्ताहरुको हितमा प्राइम कमर्शियल बैंक खरो उत्रिएको देखिन्छ । उसले ३ महिनादेखि १ वर्षसम्म अवधिका सबै खाले मुद्दति निक्षेप योजनामा बढी ब्याज दिने घोषणा गरेको छ । कतिपय स्कीममा प्रतिस्पर्धी बैंकहरुको तुलनामा दोब्बर ब्याजदर दिइरहेको बैंकहरुले प्रकाशन गरेको ब्याजदरबाट देखिन्छ ।

प्राइमले ३, ६ र ९ महिना अवधिको मुद्दति निक्षेपमा ६।२५ प्रतिशत र १ वर्षको मुद्दति निक्षेपमा ६।७५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यति धेरै ब्याजदर अरु कुनै पनि बाणिज्य बैंकले दिएका छैनन् ।

नेपाल राष्ट्र बैंकले केही दिन अघिमात्रै प्रकाशित गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांक अनुसार नेपालको औसत मूल्यबृद्धि ९मुद्रास्फीति०को दर ५।४४ प्रतिशत हो । भलै, नेपालीहरुको उपभोग प्रबृत्तीमा पछिल्ला वर्षमा आएको ब्यापक बदलावले यो मुद्रास्फीतिको आँकडासँग तालमेल राख्दैन । तर यसले मोटामोटी बजारको महँगीलाई संकेत गर्छ ।

उक्त तथ्यले यदी कसैको सम्पत्ती पोहोरको तुलनामा यसपालि साढे ५ देखि ६ प्रतिशत हाराहारी बढ्यो भने त्यस सम्पत्तीको मूल्य बराबर हुन्छ भन्ने दर्शाउँछ । तसर्थ, बैंकमा निक्षेप राखेर जिविको पार्जन गर्नेहरुका लागि ६ प्रतिशतभन्दा कम ब्याजदर प्राप्त हुनु भनेको उनीहरुको सम्पत्ती घट्नु हो ।

अर्थात् तपाइँले पोहोर १ हजार रुपैयाँ बैंकमा राखेर ६ प्रतिशतका दरले ६० रुपैयाँ ब्याज पाउनु हुन्छ । तर मूल्य बृद्धिका कारण पोहोर १ हजारमा पाइने वस्तु र सेवा यस वर्ष किन्नुपर्दा त्यही १ हजार ६० पुरै तिर्नुपर्ने भएको छ । ६ वा साढे ५ प्रतिशतभन्दा पनि कम ब्याज पाउनु भनेको आफ्नो सम्पत्ती घटाउनु हो ।

यही कारण ब्याजदर कम हुँदा निक्षेप आकर्षित नहुने र कर्जाको माग बढ्ने हुन्छ । सस्तो ब्याजमा पैसा राख्नुभन्दा उपभोगमा खर्च गर्नु बढी फाइदाकारक मान्ने मनस्थिति संसारभरका मानिसमा देखिन्छ । त्यसैले मुद्रास्फीतिको तुलनामा ब्याजदर बढी हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त बनेको हो ।

तर अहिले नेपालमा निकै कम बैंकहरुले मात्रै मुद्रास्फीतिको तुलनामा बढी ब्याज दिइरहेका छन् । त्यसमध्येको शीर्ष स्थानमा प्राइम बैंक देखिएको छ । यसले अहिलेको अधिक तरलताको समस्या झेलिरहँदा पनि निक्षेपकर्तालाई बढी लाभ दिन यो बैंक अग्रसर देखिएको हो ।

सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले पनि बढी ब्याज दिनेमा प्राइमलाई पच्छ्याइरहेका छन् । हिमालयन, राष्ट्रिय बाणिज्य र एभरेस्ट बैंकले भने तुलनात्मक रुपमा सस्तो ब्याज दिइरहेका छन् । हिमालयनले ३ महिने निक्षेप योजनामा ३।२५ प्रतिशत र ६ महिने निक्षेप योजनामा ४ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले ९ महिने निक्षेप योजनामा सबैभन्दा कम ४।२५ प्रतिशत ब्याज दिने भनेको छ । १ वर्षे निक्षेप योजनामा भने सबैभन्दा सस्तो ब्याज दिने एभरेष्ट बैंकले वार्षिक ४।५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  १० : ०७ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या