२०८३, १८ आश्विन सोमबार

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ


काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की लाई पक्राउ गरेको छ।

सिनामंगलस्थित कोठामा बस्दै आएका कार्कीले आइतबार दिउँसो सुतेकै अवस्थामा रहेको छोराको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जन्मिँदा नै ब्रेन ट्युमरको समस्या रहेको बालकलाई हत्या गरिएको खुलेको छ। घटनापछि कार्कीले आफ्नी श्रीमतीलाई पनि कुटपिट गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराई का अनुसार कार्कीलाई आइतबार बेलुकी नियन्त्रणमा लिइएको छ। उनी भद्रकाली प्रहरी हिरासत मा राखेर सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण संकलन गरिरहेको छ र घटनाको प्रकृति अनुसार कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  १० : १५ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय