२०८३, २६ आश्विन मंगलबार

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने


काठमाडौं । एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रूपैयाँका दरले ३ करोड इकाई ९३ अर्ब रूपैयाँ बराबरको० अग्राधिकार सेयर जारी गर्न लागेको हो ।

जसमा ८।२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । उक्त बैठकल नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार सेयर जारी गर्ने बैंकले जनाएको छ ।

यसअघि नबिल बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको थियो । नबिलले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यमा ५ अर्ब बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समिति बैठकले गत चैतमै गरेको थियो । नबिलले उक्त प्रस्ताव पेश गर्दा भदौ १७ गते विशेष साधारणसभा बोलाएको छ । नबिलले मुनाफा भएको वर्षमा मात्र ८ प्रतिशत लाभांश बाढ्ने गरी अग्राधिकार सेयर बिक्री गर्ने गरी प्रस्ताव गरेको थियो ।

एनआईशी एशिया बैंकले पनि ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरिसकेको छ । यसले ८।५ प्रतिशत लाभांश दिने गरी उक्त सेयर जारी गर्न लागेको हो ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  १ : ५९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल