२०८३, ४ भाद्र शुक्रबार

आज कांग्रेस केन्द्रीय समितिको बैठक विश्व–गगनलाई ‘गलाउने’ प्रयासमा देउवा

आज कांग्रेस केन्द्रीय समितिको बैठक विश्व–गगनलाई ‘गलाउने’ प्रयासमा देउवा


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज अपराहन्न २ बजेदेखि बस्ने भएको हो ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेस गरेको प्रस्तावबारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ । यसअघि शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ । सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।

निर्वाचनपूर्व गठबन्धन गर्नै नहुने र नेताहरूको जिम्मेवारीको समय सीमा तोक्ने महामन्त्रीद्वयको प्रयास मध्यमार्गी विकल्पमा सल्टाउन कांग्रेसभित्र करिब–करिब सहमति जुटेको छ । योसँगै गठबन्धनलाई रणनीति बनाउन र एक्जिट पोलिसीलाई संविधान संशोधनको मुद्दा बनाउने गरी केन्द्रीय समिति बैठकबाट निर्णय लिने तयारी भएको छ । कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएकोे २५औँ दिनमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच मध्यमार्गी विकल्पको खोजीबारे सहमति बनेको हो ।

आइतबार बस्ने केन्द्रीय समिति बैठक अगाडि पदाधिकारी तहमा थप छलफल गरेर निर्णयलाई अन्तिम रूप दिने तयारी छ । प्रवक्ता डा। प्रकाशशरण महतले केही असहमतिका विषयमा अधिकतम सहमतिको प्रयास भएको र आइतबार सर्वसम्मतिले निर्णय लिइने बताए । ‘सबै एजेण्डाका विषयमा पदाधिकारी तहमा छलफल भइरहेका छन् । आइतबारको केन्द्रीय समिति बैठकले सहमतिबाटै निर्णय लिनेछ र बैठक समापन हुनेछ,’ उनले भने ।

संशोधनको विषय प्रवेश हुँदा छलफलको विषय बनाउन नेताहरू सहमति नजिक छन् । ‘आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन संगठन सुदृढीकरण अभियान अघि बढाउने र रूखमै भोट हाल्ने अवस्थाको सुनिश्चितता गर्ने,’ निर्णयमा राख्ने भाषाका विषयमा नेताहरूबीचको छलफलबारे स्रोतले भन्यो, ‘निरन्तरको छलफलबाट असहमतिको दूरी साँघुरिएको छ ।

यही सेरोफेरोमा भाषा मिलाएर बैठकअघि अन्तिम रूप दिन शीर्ष नेताहरू सकारात्मक हुनुहुन्छ । एक्जिट पोलिसीको विषय संविधान संशोधनबारे छलफलका क्रममा बहसमा लैजाने गरी निर्णय गर्न नेताहरू सहमत हुनुहुन्छ ।’ महामन्त्रीद्वयको प्रस्तावमा सहमति जुटाउन सभापति देउवाले शृंखलाबद्ध प्रयास गरिरहेका छन् । गत २३ साउनबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक ११ एजेण्डामाथि केन्द्रित छ ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  ८ : ३४ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती